विराटनगर आगलागी अपडेट : मृत्यु हुनेको संख्या ३ पुग्यो, ३ जना घाइतेको उपचार हुँदै

लोकपथ
42
Shares

विराटनगर । विराटनगर– ७ सातघुम्तीस्थित कवाडी गोदाममा हिँजो दिउँसो लागेको आगालागीबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

हिँजो १ जनाको घटनास्थलमै र १ जनाको उपचारको क्रममा न्यूरो अस्पतालमा मृत्यु भएको थियो भने १ जनाको आज बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर ६ की सुनिता कामत रहेकी छिन् । उनको काठमाडौंको किर्तिपुरस्थित बर्न अस्पतालमा उपचारकै क्रममा राती मृत्यु भएको पुष्टि भएको छ ।

विराटनगर ६ का दुखा मण्डलले सञ्चालन गरेको कवाडी गोदाममा भएको आगलागीमा परी हिँजो विराटनगर–७ का ३२ वर्षीय दीपक मण्डल र विराटनगर ६ कै ५५ वर्षीया सुशीला पासवनको मृत्यु भएको थियो ।

मण्डलको न्युरो अस्पतालमा र पासवानको घटनास्थलमै जलेर मृत्यु भएको हो । उक्त घटनामा परी अन्य ३ जना घाइते भएका छन् । उनीहरुको काठमाडौंको किर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?