विराटनगर आगलागी अपडेट : घाइतेलाई सेनाको स्काई ट्रकमार्फत काठमाडौं पठाइयो

लोकपथ
56
Shares

विराटनगर । विराटनगर ७ स्थित सातघुम्तीमा रहेको कवाडी गोदाममा आगलागीमा परी घाइते भएका चार जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।

उनीहरुलाई नेपाली सेनाको हेलिकप्टरमार्फत बुधबार बेलुका काठमाडौं पठाइएको हो ।

सेनाको हेलिकप्टर आएपछि घाइते विराटनगर-६ की ६० वर्षीया रीता सरदार, विराटनगर-६ कै ६५ वर्षीय सुशीला पासवान, मोरङको कटहरी गाउँपालिका-६ की ३० वर्षीया पिंकी कामत र विराटनगर-६ का ५८ वर्षीय किशोर कामतलाई काठमाडौं पठाइएको हो ।

घाइतेलाई काठमाडौंको किर्तिपुरस्थित बर्न अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनएको छ ।

कवाडी पसलमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको थियो । चार जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

जिल्ला सुरक्षा समितिको बैठकले आगलागीमा परी घाइते भएकालाई हेलिकप्टरमार्फत काठमाडौं लैजान गृह मन्त्रालयमा पत्राचार गरेको थियो ।

सातघुम्तीमा रहेको कवाडी गोदाममा दिउँसो एक्कासी आगलागी हुँदा दुई जनाको मृत्यु भएको थियो ।

घटनास्थलमै मृत्यु भएकी एक महिलाको पहिचान खुलेको छैन भने अर्का घाइते तथा कवाडी पसलका सञ्चालक ४० वर्षीय दीपक मण्डलको उपचारका क्रममा न्यूरो अस्पतालमा मृत्यु भएको थियो ।

आगलागीको कारण र क्षतिको विवरण आउा बाँकी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?