प्रचण्डद्वारा मृतक परिवारलाई ५ लाख रुपैयाँ पार्टीको तर्फबाट घोषणा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बारा र पर्सामा हावाहारीका कारण मृत्यु भएका परिवारलाई ५ लाख रुपैयाँ दिने घोषणा गरेका छन् ।

मंगलबार बाराको फेटा गाउँपालिका ६ बरैनियाँ पुगेका प्रचण्डले प्रति परिवारलाई ५ लाख रुपैयाँ दिने घोषणा गरेका हु्न। 

उनले मधेस शोकमा रहेका बेला सिंगो देशले सहयोग गर्नुपर्ने धारणा पनि राखे । पर्साको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचाररत घाइतेहरुलाई पनि भेटे । 

मृतकका बालबच्चाको शिक्षा दिक्षा निशुल्क, भत्केका घरहरु पुनःनिर्माण गर्ने जिम्मा सरकारको रहेको उनको भनाई थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?