१८ फाल्गुन २०८०, शुक्रवार

मापदण्ड विपरीतका तराजु प्रयोग, बजार अनुगमन शून्य

२०८०,मङ्सिर,२०,बुधबार १८:२८

36
Shares

काठमाडौं । रौतहटका विभिन्न स्थानमा लाग्ने हाटबजार तथा खाद्यान्न भण्डार (गोला) मा नापतौलका लागि ढकको साटो ढुंगाको प्रयोग हुने गरेको छ । नापतौलका लागि ढुंगा प्रयोग गर्न पाइँदैन । तर, ग्रामीण भेगका अधिंकाश व्यापारीले तराजुमा ढुंगा, इँटा, फलामको प्रयोग गर्ने गरेको पाइएको हो ।

‘खुद्रा व्यापारीले मात्रै होइन गाउँका मिलमा पनि मापदण्डका ढकतराजु हुँदैन,’ शिवनगरका स्थानीय श्रीकान्त मिश्राले भने, ‘कसैले अनुगमन नगर्दा उपभोक्ता ठगिइरहेका छन् ।’ उनका अनुसार धान–चामल मात्रै नभइ तरकारी, फलफूल, माछा मासु खरिदबिक्रीमा पनि तराजुमा इँटा–ढुंगालाई ढक बनाएको जताततै देखिएको छ । ‘यो मापदण्डविपरीत भए पनि कुनै निकायले अनुगमन गरेर सचेत नगराउँदा मनपरी चलेको हो,’ उनले भने ।

स्थानीय शिक्षक दीपेन्द्र मिश्रा तराजुसमेत मापदण्डको नहुँदा उपभोक्ता ठगिने गरेको बताउँछन् । कतिपय व्यापारीले बाँसका ढकी बनाएर र डोरी गाँसेर तराजु बनाउने गरेका छन् । त्यसमा तौल गर्न ढकको साटो ढुगा, इँटा, फलामको प्रयोग हुन्छ । ‘नापतौल तथा गुणस्तर विभागबाट प्रमाणित नभएको तराजु तथा ढकको प्रयोग गर्न पाइँदैन,’ उनले भने, ‘सरोकारवाला निकायले ध्यान दिएमा यस्तो मनपरीमा नियन्त्रण हुने थियो ।’ नापतौलमा मनपरी गर्नेलाई कारबाही हुनुपर्ने उनले बताए ।

जिल्ला प्रशासनसहित सरोकारवाला निकायले चाडपर्वका बेलामा बजार अनुगमन गरे पनि निरन्तरता नदिँदा व्यापारीले तौलमा आफूखुसी गरिरहेका हुन् । बजार अनुगमनलाई नियमित गरेर नापतौलमा भइरहेको मनपरी नियन्त्रण गर्न उपभोक्ता संरक्षण हित मञ्च रौतहटले सरोकारवाला निकायसँग माग गरेको छ ।

 

प्रकाशित मिति: २०८०,मङ्सिर,२०,बुधबार १८:२८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

विराटनगर । दोस्रो संस्करणको विराटनगर हब अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगितामा लगातार ४ खेलमा विजयी हुँदै सरस्वती स्कुल र वालिका

ठूला र बडाको हार कहाँ छ, समान देख्ने आधार कहाँ छ ?एउटालाई बचाउन अर्को मर्नु पर्ने, सबलाई बराबर संसार कहाँ

काठमाडौं । कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार र निजी क्षेत्रबीच सहकार्यविना पर्यटन क्षेत्रको विकास सम्भव नहुने बताएका छन् । नारायणी

काठमाडौं । एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले भरतपुर महानगरपालिकालाई नेपालभित्र मात्र होइन अन्तर्राष्ट्रिय पर्यटकहरुको गन्तव्य बनाउन सकिने बताएका छन्

ताजा समाचार

प्रिन्स र प्रफुल उपाधिका लागि पुन : भिड्ने
 २०८०,फाल्गुन,१८,शुक्रवार १७:५०
बालिका र सरस्वती महिला क्रिकेटको फाइनलमा
 २०८०,फाल्गुन,१८,शुक्रवार १७:४६
‘दिमागका फोहोर हटाउने साबुन साहित्य हो’
 २०८०,फाल्गुन,१८,शुक्रवार १७:३३
सेन्सर बोर्डप्रति दिपकराज गिरीको कटाक्ष
 २०८०,फाल्गुन,१८,शुक्रवार १६:५१
भरतपुरमा पर्यटन विकासको सम्भावना प्रचुर : ओली
 २०८०,फाल्गुन,१८,शुक्रवार १६:३०