छुट्टाछुट्टै स्थानबाट ४ जना मृत अवस्थामा फेला 

लोकपथ
49
Shares

काठमाडौं । छुट्टाछुट्टै स्थानबाट ४ जना मृत अवस्थामा फेला परेका छन् । मोरङको बेलबारी नगरपालिका–२ लालभित्ति साहारा टोल बस्ने ६७ वर्षीय लोक बहादुर मगर सोही ठाउँस्थित दुई तले भवनको छतमा बुधबार मृत अवस्थामा फेला परेका हुन् ।

कास्कीको पोखरा महानगरपालिका–२७ रिठ्ठेपानीस्थित नहरकुलोमा सोही ठाउँ बस्ने ५२ वर्षीय भिमराज गुरुङ बुधबार मृत अवस्थामा फेला परेका छन् ।

बर्दियाको बाँसगढी नगरपालिका–५ बाह्रबिगाह बस्ने २० वर्षीय कमल परियारको घरमा जुम्ला तिला गाउँपालिका–२ राराली बस्ने २२ वर्षीय सजनी परियार मृत अवस्थामा फेला परेकी छन् । मंगलबार बेलुकीको खाना खाई आफ्नै कोठामा सुतेकी उनी बुधबार बिहान मृत फेला परेकी हुन् ।

बाँकेको  कोहलपुर नगरपालिका–११ कृषिचोकस्थित खानेपानी ट्याङ्की नजिक बस्ने ४५ वर्षीय लक्ष्मी सापकोटा आफ्नो कोठामा बुधबार मृत अवस्थामा फेला परेकी छन् ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरील जनाएको  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?