भुटानी शरणार्थी प्रकरण : पूर्व गृहमन्त्री खाणको पेशी मंसिर २८ गतेका लागि तोकियो

लोकपथ
42
Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाणको पेशी मंसिर २८ गतेका लागि तोकिएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री खाणको थुनछेकमा पुनरावेदनको सुनुवाइ गर्न पाटन उच्च अदालतले मंसिर २८ गतेलाई पेशी तोकेको हो ।

गत मंसिर १४ गते भएको सुनुवाईमा न्यायाधीशहरुबीच राय बाझिएपछि तेस्रो न्यायाधीशकहाँ पठाउने आदेश भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?