१८ फाल्गुन २०८०, शुक्रवार

सरकार र अन्तर्राष्ट्रिय मकै तथा गहुँ सुधार केन्द्रबीच १० वर्षे समझदारी

२०८०,मङ्सिर,२०,बुधबार १७:५१

36
Shares

काठमाडौं । नेपाल सरकार र अन्तर्राष्ट्रिय मकै तथा गहुँ सुधार केन्द्र सीम्याटबीच नेपालमा कृषि क्षेत्रको उत्पादन बृद्धि र व्यवस्थित बजार प्रणालीलाई प्रोत्साहन गर्नेबारे समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

मंगलबार सिंहदरबारमा भएको समझदारीमा कृषि तथा पशुपक्षी मन्त्रालयका सचिव डा गोविन्द शर्मा र सीम्याटका तर्फबाट ब्राम गोभाट्सले हस्ताक्षर गरेका हुन् ।

समझदारीले कृषि क्षेत्रको अनुसन्धान, ज्ञान आदानप्रदान र नवीन प्रविधिको प्रयोगमार्फत नेपालका कृषकहरूले सामना गरिरहेका विभिन्न चुनौतीलाई सम्बोधन गर्ने साझेदारी पत्रमा उल्लेख छ ।

हस्ताक्षर अघि सीम्याटको टोलीलाई स्वागतगर्दै कृषि मन्त्री बेदुराम भुसालले, साझेदारीले कृषि विज्ञानको अभिबृद्धि र नेपालको कृषि क्षेत्रको दिगो विकासमा योगदान पुर्याउने विश्वास व्यक्त गरे ।

सीम्याट मेक्सिकोमा मुख्यालय रहेको एक गैर–नाफामुखी संस्था हो । नेपालसँग सीम्याटको आबद्धता अनौपचारिक रुपमा सन् १९६० को दशकबाट विभिन्न भ्रमण र वैज्ञानिकलाई तालिम प्रदान गर्ने सिलसिलामा शुरू भएको थियो ।

सीम्याट औपचारिक रुपमा सन् १९८५ देखि नेपालमा कृषि उत्पादन र उत्पादकत्व बृद्धि गर्ने उद्देश्यका साथ सक्रिय रहेको छ ।

प्रकाशित मिति: २०८०,मङ्सिर,२०,बुधबार १७:५१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

विराटनगर । दोस्रो संस्करणको विराटनगर हब अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगितामा लगातार ४ खेलमा विजयी हुँदै सरस्वती स्कुल र वालिका

ठूला र बडाको हार कहाँ छ, समान देख्ने आधार कहाँ छ ?एउटालाई बचाउन अर्को मर्नु पर्ने, सबलाई बराबर संसार कहाँ

काठमाडौं । कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार र निजी क्षेत्रबीच सहकार्यविना पर्यटन क्षेत्रको विकास सम्भव नहुने बताएका छन् । नारायणी

काठमाडौं । एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले भरतपुर महानगरपालिकालाई नेपालभित्र मात्र होइन अन्तर्राष्ट्रिय पर्यटकहरुको गन्तव्य बनाउन सकिने बताएका छन्

ताजा समाचार

प्रिन्स र प्रफुल उपाधिका लागि पुन : भिड्ने
 २०८०,फाल्गुन,१८,शुक्रवार १७:५०
बालिका र सरस्वती महिला क्रिकेटको फाइनलमा
 २०८०,फाल्गुन,१८,शुक्रवार १७:४६
‘दिमागका फोहोर हटाउने साबुन साहित्य हो’
 २०८०,फाल्गुन,१८,शुक्रवार १७:३३
सेन्सर बोर्डप्रति दिपकराज गिरीको कटाक्ष
 २०८०,फाल्गुन,१८,शुक्रवार १६:५१
भरतपुरमा पर्यटन विकासको सम्भावना प्रचुर : ओली
 २०८०,फाल्गुन,१८,शुक्रवार १६:३०