काठमाडौं । एनसेलको ८० प्रतिशत सेयर कारोबार तत्काल रोक्न प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले सरकारलाई निर्देशन दिएको छ । बुधबार बसेको समितिको बैठकले एनसेलको सेयर कारोबारमा ठूलो आर्थिक घोटाला भएको आशंका गर्दै तुरुन्त यसको कारोबार रोक्न सरकारलाई निर्देशन दिएको समितिका सदस्य अर्जुननरसिंह केसीले लोकपथलाई जानकारी दिए ।
‘यसमा ठूलो आर्थिक घोटाला भएको भएको हाम्रो आशंका छ,’ उनले भने, ‘त्यसैले उचित छानबिन गर्नका लागि समितिले सरकारलाई निर्देशन दिएको छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया