विराटनगर । विराटनगर ७ स्थित सातघुम्तीमा रहेको कवाडी गोदाममा आगलागीमा परी मृत्यु हुनेको संख्या २ पुगेको छ ।
आगो नियन्त्रणको क्रममा पुरिएको अवस्थामा एक जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनएको छ ।
यसअघि आगलागीमा परेर घाइते भएका विराटनगर ७ का ३० वर्षीय दिपक मण्डलको न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो
आगलागीमा परेर घाइते भएका अन्य तीनजनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
न्युरोमा उपचार गराइरहेका अन्य तीन जनाको अवस्था पनि गम्भीर रहेको रउनीहरुको शरिर ८० प्रतिशतभन्दा धेरै जलेको प्रहरीले जनएको छ ।
घाइतेमध्ये कोशी अस्पतालमा उपचार गराइरहेका एक जनाको अवस्था भने सामान्य रहेको छ ।
विराटनगर महानगरपालिका, दुहबी, सुन्दरहरैचना नगरपालिकाको दमकल स्थानीय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणको प्रयास भइरहेको मोरङ प्रहरीले जनाएको छ ।
आगलागीको कारण खुलेको छैन भने बिस्तृत विवरण आउन बाँकी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया