विराटनगरको एक कवाडी गोदाममा आगलागी : एक जनाको मृत्यु , ४ जना घाइते

लोकपथ
42
Shares

विराटनगर । विराटनगरमा आगलागीमा परी एकजनाको मृत्यु भएको छ ।

मोरङको विराटनगरस्थित सातघुम्तीमा रहेको एक कवाडी गोदाममा आज दिउँसो भएको आगलागीमा परी एक जनाको मृत्यु भएको हो ।

आगलागीमा परेर घाइते भएका विराटनगर ७ का ३० वर्षीय दिपक मण्डलको न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनएको छ ।

आगलागीमा परेर घाइते भएका अन्य तीनजनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

न्युरोमा उपचार गराइरहेका अन्य तीन जनाको अवस्था पनि गम्भीर रहेको रउनीहरुको शरिर ८० प्रतिशतभन्दा धेरै जलेको प्रहरीले जनएको छ ।

घाइतेमध्ये कोशी अस्पतालमा उपचार गराइरहेका एक जनाको अवस्था भने सामान्य रहेको छ ।

विराटनगर महानगरपालिका, दुहबी, सुन्दरहरैचना नगरपालिकाको दमकल स्थानीय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणको प्रयास भइरहेको मोरङ प्रहरीले जनाएको छ ।

आगलागीको कारण खुलेको छैन भने बिस्तृत विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?