एनसेल प्रकरण : छलफलमा जुटे सत्तारुढ दलका नेताहरू

लोकपथ
56
Shares

काठमाडौं । एनसेल प्रकरणका विषयमा छलफल गर्न सत्तारुढ दलका नेताहरू बालुवाटार पुगेका छन् ।

एनसेलको शेयर खरिदविक्रीमा भएको चलखेलका विषयमा छलफल गर्न सत्तारुढ दलका नेताहरू बालुवाटार पुगेका हुन् । आज केहीबेरअघि मात्रै संसदीय समितिमा सोही विषयमा छलफल भएको थियो ।

एनसेलको शेयरबारे सार्वजनिक लेखा समितिले यसअघि नै आन्तरिक राजस्व विभाग, नेपाल दूरसञ्चार प्राधिकरण र कम्पनी रजिष्ट्रारको कार्यालयलाई पत्र लेखेर ९ वटा सवालको जवाफ मागिसकेको छ ।

मंगलबारमात्रै सरकारले एनसेलको शेयर खरिद बिक्रीलाई लिएर सत्यतथ्य पत्ता लगाउन छानबिन समिति बनाउने निर्णय गरेको थियो ।

यस्तै, आज शेयर खरिद बिक्रीमा नेपालको कानूनको पूर्ण कानुनको पालना गर्ने भन्दै एनसेल आजियाटाले नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र पठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?