नेप्से परिसूचकमा सामान्य वृद्धि, १ अर्ब १४ करोडको कारोबार

लोकपथ
78
Shares

काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य वृद्धि भएको छ । अघिल्लो दिन १० अंकले घटेको नेप्से सूचक आज ३.३३ अंकले बढ्दै १८ सय ४१.०४ अंकमा उक्लिएको हो ।

विगतका सात कारोबार दिनसम्म लगातार घटेको सेयर बजार बुधबार सम्हालिएको छ । मंसिर १० गतेयता भएका सबै सात कारोबार दिनमा बजार घटेको थियो ।

तर अघिल्लो दिनको तुलनामा आज कारोबार भने घटेको छ । ३.३३ अंकले नेप्से सूचक बढेको यस दिन १ अर्ब १४ करोड १८ लाख रुपैयाँ बराबरको ३७ लाख ५५ हजार कित्ता सेयर कारोबार भएको छ ।

अघिल्लो दिन १० अंकले नेप्से घटेको बजारमा १ अर्ब ५४ करोड ४९ लाख रुपैयाँ बराबरको ४६ लाख ९८ हजार कित्ता सेयर किनबेच भएको थियो ।

आज बैंकिङ, फाइनान्स, होटल तथा पर्यटन, हाइड्रोपावर र म्यानु एण्ड प्रो समूहको उपसूचक ऋणात्मक भएका छन् भने बाँकी डेभलपमेन्ट बैंक, इन्भेष्टमेन्ट, जीवन बीमा, माइक्रोफाइनान्स, म्युचुअल फन्ड, निजीवन बीमा, ट्रेडिङ र अन्य समूहको उपसूचक धनात्मक भएका छन् ।

ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य आज १० प्रतिशतले बढेको छ भने सिंगटी हाइड्रो इनर्जी लिमिटेडको सेयर मूल्य ९.१३ प्रतिशतले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?