सर्वोच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि नाम सिफारिस

काठमाडौं । न्यायपरिषद्ले सर्वोच्च अदालतमा रिक्त न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ ।

नियुक्ति सिफारिसका लागि मंगलबार बिहान बसेको न्यायपरिषद् बैठकले ५ न्यायाधीश नियुक्तिका लागि नाम सिफारिस गरेको हो ।

स्रोतका अनुसार उच्च अदालतबाट दुई र कानुन व्यवसायीबाट तीन गरी पाँच जनाको नाम सिफारिस भएको छ । प्रकाश ढंगाना, सुस्मलता माथेमा र हरिप्रसाद फुयाल, कुमार रेग्मी र मनोज कुमार शर्मा पनि न्यायाधीश सिफारिसमा परेका छन् ।

ढुंगाना र माथेमा उच्च अदालतका न्यायाधीश हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?