राजस्व छली ल्याइएको ३३ बोरा चिनी प्रहरीद्वारा बरामद

लोकपथ
56
Shares

काभ्रेपलाञ्चोक । राजस्व छली ल्याइएको ३३ बोरा चिनी प्रहरीले बरामद गरेको छ ।

काभ्रेपलाञ्चोक गाउँपालिका–९ स्थित बिपी राजमार्गअन्तर्गत प्रहरी चेक पोष्टमा आज (बुधवार) बिहान सवारी जाँचका क्रममा बा प्र ०३–००१ ख १९६६ नं को  बसमा राजस्व छली ल्याइएको ५० किलोका ३३ बोरा चिनी इलाका प्रहरी कार्यालय मङ्गलटारबाट खटिएको टोलीले बरामद गरेको हाे  ।

जिल्ला प्रहरी कार्यालय धुलिखेलका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार सङ्खुवासभाको खाँदबारीबाट काठमाडौं तर्फ जाँदै गरेको उक्त बसको हुट र डिकीमा लुकाइछिपाइ ल्याइएको उक्त परिमाणको चिनीसहित बस र बसका चालकलाई । नियन्त्रणमा लिइएको हो । बस र चालकबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रहरीले कात्तिक पहिलो हप्ता सोही राजमार्ग हुँदै पनौती तर्फबाट राजस्व छलि आएका ९२ बोरा चिनी बरामद गरी ट्रक नियन्त्रणमा लिएको थियो ।

बिपी राजमार्गमा सवारी ‘चेकिङ’मा अवैध रुपमा चिनी भित्रने गरेको पाइएपछि नियमित यातायातका साधन जाँच गर्न थालिएको श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?