डुंगा पल्टिँदा बेपत्ता भएका दर्लामीको शव फेला

लोकपथ
553
Shares

सुर्खेत । डुंगा पल्टिँदा बेपत्ता भएका दर्लामीको शव फेला परेको छ । चौकुने गाउँपालिका–५ तोस्रा बस्ने ५८ वर्षीय नन्दराम दर्लामीको शव मंगलबार फेला परेको हो ।

मंसिर ११ गते साँझ कर्णाली नदीमा डुंगा पल्टिँदा उनी बेपत्ता भएका थिए । तत्कालदेखि खोजी गर्ने क्रममा सोही गाउँपालिका–१० कुमालाको धुरखोलास्थित नदी छेउमा शव फेला परेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?