सचिवालय बैठक बस्दै रास्वपा

लोकपथ
28
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ । बैठक बुधवार अपराह्न पाँच बजे पार्टी कार्यालय वनस्थलीमा बस्ने भएको छ ।

सचिवालय बैठकअघि यही मङ्सिर दोस्रो साता महोत्तरीको जलेश्वरमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकबाट केन्द्रीय सदस्य मनोनीत भएकाहरूको ४ बजे शपथ ग्रहणको कार्यक्रम रहेको रास्वपाका उपाध्यक्ष डोलप्रसाद अर्यालले जानकारी दिए ।

शपथ ग्रहण कार्यक्रमपछि पाँच बजे बस्ने बैठकले प्रवास नेपाली सम्पर्क विभागको कार्यविधि पास गर्ने बताइएको छ ।

यस्तै सभापति रवि लामिछानेले आफ्नो मलेसिया भ्रमणबारे बैठकमा ब्रिफिङ गर्ने र बैठकमा समसामयिक राजनीतिबारे पनि छलफल हुने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?