घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

लोकपथ
4.4k
Shares

काठमाडौं । कारोबारको चौथो दिन आज बुधवार सुनको भाउ ८ सय रुपैयाँले घटेको छ ।

आज सुनको भाउ तोलामा ८ सयले घटेर आज १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

सुनको भाउ हिजो मंगलवार पनि तोलामा २ हजार ४ सयले घटेर १ लाख १९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । अस्ति सोमवार सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको १ लाख २१ हजार ६ सय रुपैयाँ पुगेको थियो ।

आज चाँदीको भाउ पनि घटेको छ । हिजो तोलामा ४५ ले घटेर १ हजार ५ सयमा झरेको चाँदी आज २० रुपैयाँले घटेर १ हजार चार सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?