काठमाडौं । काठमाडौंको न्यूरोड स्थित तस्करीको सुन गाल्ने कारखानाबाट करिब ७ किलो अवैध सुन बरामद भएको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले मंगलबार राति ओम्पाल गोल्ड शपमा छापा मारेको थियो । सो क्रममा प्रहरीले कैलाली घर भई नागार्जुन बस्ने पदम पाण्डेलाई पक्राउ गरेको छ । पाण्डेलाई नियन्त्रणमा लिएर अहिले सुन जोख्ने कार्य भइरहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालका एसपी रवीन्द्र रेग्मीले बताए ।
अनुमानित ७ किलो सुन प्रक्रिया पुर्याएर जोख्ने काम भइरहेको र त्यसपछि यकिन परिमाण आउने प्रहरी स्रोतले बताएको छ ।
प्रहरीका अनुसार बरामद सुनमध्ये केही विस्कुट आकार र केही गहना बनाइसकेको अवस्थामा फेला परेको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया