काठमाडौं । आइतबार साँझको हावाहुरीले पुगेको क्षतिको अवलोकलन तथा निरीक्षणका लागि राजनीतिक दलका शीर्ष नेताहरु प्रभावित क्षेत्रमा जाने क्रम जारी छ ।
सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसहित, उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा, शिक्षामन्त्री गिरिराजमणि पोखरेलले हावाहुरी प्रभावित क्षेत्रको निरिक्षण गरेका थिए ।
यस्तै मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवा बारा पुगेका छन्। कपिलवस्तुबाट हेलिकप्टरमा बिहान ८ बजे देउवा बारा पुगेका थिए । यस्तै नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि आज नै बारा जाँदैछन्। प्रचण्ड बिहान ११ बजे सो क्षेत्रमा जाँदै छन् ।
आइतबार साँझको हावाहुरीमा परी दुई जिल्लामा गरी २७ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ। सात सयभन्दा बढी घाइते भएका छन्। उनीहरुको प्रदेश नं २ को विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया