काठमाडौं । प्रहरीले तस्करीको सुन गाल्ने कारखानामा छापा मारेको छ ।
काठमाडौंको न्यूरोड स्थित तस्करीको सुन गाल्ने कारखानामा प्रहरीले छापा मारेको हो ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार राति ओम्पाल गोल्ड शपमा छापा मारेर एक जनालाई पक्राउ गरेको छ ।
कारखाना सञ्चालक कैलाली घर भएका पदम पाण्डेलाई पक्राउ गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
कारखानाबाट प्रहरीले सुन पनि बरामद गरेको छ भने बरामद सुनको परिमाण सार्वजनिक गरेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया