गृहमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे प्रधानमन्त्री

लोकपथ
21
Shares

काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पताल पुगेका छन् ।

गृहमन्त्री श्रेष्ठको गंगालाल हृदय केन्द्र बाँसबारीमा मंगलबार साँझ मुटुको देव्रे नसाको एन्जिओप्लास्टी गरिएको थियो ।
एन्जियोप्लास्टी सर्जरी पश्चात गृहमन्त्री श्रेष्ठको सघन उपचार कक्षमा उपचार जारी रहेको बताइएको छ ।

मन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था स्थीर रहेको र डा. अरुण मास्केसहितको चिकित्सक टोलीको निगरानीमा उपचार जारी रहेको अस्पताल प्रशासनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?