सोती घटना : थुनामा रहेका २३ जनालाई जन्मकैदको फैसला

लोकपथ
5.8k
Shares

काठमाडौं । रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर ८ सोती घटनामा संलग्न २३ जनालाई जिल्ला अदालत रुकुमले जन्मकैदको फैसला सुनाएको छ । मंगलबार जिल्ला अदालतका न्यायाधिश खड्कबहादुर केसीको इजलासले २३ जनालाई जन्मकैदको फैसला सुनाएको हो ।

आज (मंगलबार) नै प्रतिवादीतर्फका कानुन व्यवासायी र सरकारी वकिलबाट जवाफी बहस सकिएसँगै अदालतले आदेश दिएको हो । त्यसैगरी ८ जनालाई सफाइ दिएको अदालतको फैसलामा उल्लेख छ ।

२०७७ जेठ १० गते रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिका वडा नम्बर ८ सोतीमा नवराज विःकसहित ६ जना युवाको हत्या भएको थियो । प्रेमिका लिन भनी जाजरकोटबाट रुकुम पश्चिम गएका किशोर नवराज बिःक तथा उनका साथीहरुको समूहलाई सोतीका स्थानीय बासिन्दाहरुले कुटपिट गरी सेती नदीमा बगाई हत्या गरेको आरोपमा नेपाल सरकारले ३४ जनाविरुद्ध मुद्दा चलाइएको थियो ।
३४ जनालाई प्रतिवादी बनाएर कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुतको कसुरमा मुद्दा दायर भएको थियो ।

रुकुम जिल्ला अदालतका न्यायाधीश खड्क बहादुर केसीको इजलासले नवराज विककी प्रेमिका, प्रेमिकाकी आमा र भाइलाई जातीय छुवाछुतमा दोषी ठहर गरेको छ ।

सोती गाउँ गएका नवराजसहित उनका साथीहरू सन्दीप विश्वकर्मा, टीकाराम सुनार, लोकेन्द्र सुनार, गणेश बुढा र गोविन्द शाहीको सामूहिक हत्या गरिएको थियो। उनीहरूका शव भेरी नदीमा भेटिएका थिए। सबै शव संकलन गर्न २ साता लागेको थियो।

कस-कसलाई थियो अभियोग ?

सौरभ पुन
तुलाराम घर्ती
रेशम बहादुर मल्ल
रमित पुन मगर
दीपेन्द्र चन्द
तुल बहादुर मल्ल
सन्तोष मल्ल
डम्बरबहादुर मल्ल (वडाअध्यक्ष)
प्रेमबहादुर ठकुरी
विनोद मल्ल,
सर्वजित भन्ने सविन पुन
टोपबहादुर मल्ल
डिल्ली घर्ती
भीमबहादुर पुन
इन्द्रबहादुर मल्ल
तिलक चन्द
क्वापे भनिने लोकेन्द्र घर्ती
नेत्रबहादुर मल्ल
विराज पुन मगर
विष्णु मल्ल
मोहन पुन मगर
मानबहादुर मल्ल
भीमबहादुर बुढा
हर्कबहादुर मल्ल
इन्द्र बहादुर भन्ने इर्दबहादुर ठकुरी
धनाराज राना
डिल्ली मल्ल ठकुरी
नवीन कुमार घर्ती मगर
लिपेन्द्र कुमार मल्ल
तीनजना नाबालाकरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?