काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी नेकपा एसले, पुस ९ गतेदेखि केन्द्रीय कमिटी बैठक बोलाउने भएको छ ।
काठमाडौंमा आज बसेको सो पार्टीको सचिवालय बैठकले महाधिवेशनको तयारी स्वरुप पार्टीको सचिवालयको बैठक मंसिर २८, २९ गते र स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटिका बैठकहरु पुष ९, १० र ११ गते गर्ने निर्णय गरेको नेता गंगालाल तुलाधरले जानकारी दिए ।
‘विधानका मस्यौदाहरुमाथि गहन रुपमा छलफल गर्छौ, पार्टी कमिटीले गरेका फैसलाको आधारमा पार्टीको दस्तावेज पठाउँछौ । माघको १२ गतेसम्ममा त्यसमा सुझाव आएपछि, माघको १४, १५ गते दुईदिन राष्ट्रिय सम्मेलन गर्छौ ।’ उनले भने
बैठकले, अध्यक्ष माधव कुमार नेपालको अध्यक्षतामा सचिवालयका सदस्यहरु, पार्टी पदाधिकारी र सबैको प्रतिनिधित्व रहने गरी २७ सदस्यीय मस्यौदा कमिटी गठन गरेको छ ।
त्यस्तै महाधिवेशनको व्यवस्थापनका लागि गंगालाल तुलाधरको संयोजकत्वमा व्यवस्थापन कमिटी र विधान मस्यौदा तयार गर्न उपाध्यक्ष वेदुराम भुषाल, महासचिव घनश्याम भुसाल, उपमहासचिव प्रकाश ज्वाला सदस्य रहेको तीन सदस्यीय विधान मस्यौदा कमिटी बनाउने निर्णय गरेको तुलाधरले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया