सार्वजनिक लेखा समितिले ओम्नी प्रकरणको पुनः छानविन गर्ने भन्दै माग्यो विवरण

लोकपथ
175
Shares

काठमाडौं । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले ओम्नी प्रकरणबारे पुनः छानबिन गर्ने भएको छ । कोरोना महामारीको समयमा खरिद गरिएका स्वास्थ्य सामग्रीमा अनियमितता गरेको आरोप लागेको ओम्नीमाथि समितिले पुनः छानविन गर्ने भएको हो ।

सोही अनुसार समितिले कोरोना महामारीको समयमा खरिद गरिएका स्वास्थ्य सामग्रीहरुको विवरण स्वास्थ्य मन्त्रालयसँग माग गरेको छ ।

समितिमा परेका विभिन्न उजुरी र अघिल्लो कार्यकालमा टुंगिन बाँकी रहेका विषयमाथि अध्ययन गरिरहेको छ । सोही क्रममा समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई एक साताअघि पत्र लेखेर कोरोना महामारीमा खरिद गरिएका स्वास्थ्य सामग्रीको समितिको सचिवालयले जनाएको छ ।

यथाशीघ्र विवरण उपलब्ध गराउनु भने पनि स्वास्थ्य मन्त्रालयले जवाफ नपठाएको सचिवालयले जनाएको छ । नेपालमा कोरोना महामारी फैलिन नदिन २०७६ साल चैतमा सरकारले लकडाउन गरेको थियो ।

त्यही बेला सरकारले आवश्यक स्वास्थ्य उपकरण चीनबाट खरिद गर्न ओम्नी बिजनेस कर्पोरेट इन्टरनेशनल नामक कम्पनीसँग सम्झौता गरेको थियो । तर, विना प्रतिस्पर्धा ओम्नीलाई जिम्मा दिएको र सामान खरिद गर्दा अनियमितता गरेको भन्दै विरोध भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?