काठमाडौं । आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा श्रीमतीलाई प्रहरीले पक्राउ गरेको छ ।
६० वर्षीय श्याम कुमार राईको हत्या गरेको अभियोगमा त्रियुगा नगरपालिका–५ दमौटी सुक्लाई बस्ने ४० वर्षीय निर कुमारी रैनीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
श्याम गत शनिबार साँझदेखि हराई बेपत्ता भएको भन्ने सुचनाको आधारमा प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरीले खोजी तथा अनुसन्धान गर्ने क्रममा निर कुमारीले घरायसी बिवादको कारण श्यामको घाँटी थिची हत्या गरेको खुल्न आएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।
साथै हत्या गरी घर नजिकै जंगलमा माटोले पुरि स्याउलाले छोपिएर राखेको अवस्थामा उनको शव फेला परेको थियो ।यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेका प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया