एनसेल प्रकरणबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए गठबन्धन बैठक

लोकपथ
28
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेल प्रकरणमा छलफल गर्न गठबन्धनको बैठक बोलाएका छन् ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ६ बजे बोलाएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

पार्टीको प्रशिक्षण कार्यक्रममा भाग लिन महोत्तरी पुगेका प्रधानमन्त्री प्रचण्डले कार्यक्रममा एनसेल शेयर बिक्रीमा अर्बौँ रकम हिनामिना सम्बन्धमा प्रकाशित समाचारहरूप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका थिए ।

बैठकका लागि उनी काठमाडौं फर्कँदै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?