भ्रष्टाचार मुद्दाका पाँचजना फरार प्रतिवादी पक्राउ

लोकपथ
35
Shares

काठमाडौं । भ्रष्टाचार मुद्दाका पाँचजना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको  छ ।

राजश्व रकम हिनामिना कसूरमा दोषी ठहर भई फरार रहेको पाँच जनालाई  जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनीहरूलाई सोमबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका–३ बस्नेहरु ४९ वर्षीय मणिराज दाहाल, ६३ वर्षीय कुमार बहादुर कटुवाल, ६३ वर्षीय टिकाराम अधिकारी, ३७ वर्षीय देवराज नेपाल र सोही महानगरपालिका–४ बस्ने ६४ वर्षीय नयराज नेपाल रहेका छन् ।

विशेष अदालत बबरमहल काठमाडौंको फैसलाबाट उनीहरूमध्ये मणिराजलाई ७ वर्ष ११ महिना २३ दिन कैद र ४ करोड ३४ लाख ५ हजार ५९४ रुपैयाँ जरिवाना, नयराजलाई ८ वर्ष कैद र १२ करोड ३५ लाख २९ हजार र ३४२ रुपैयाँ जरिवाना, कुमार बहादुरलाई ६ वर्ष कैद र १ करोड १ लाख ६५ हजार ८१२ रुपैयाँ जरिवाना, टिकारामलाई ९ वर्ष कैद र २८ करोड १५ लाख ९३ हजार ८८४ रूपैयाँ जरिवाना र देवराजलाई ८ वर्ष ६ महिना कैद र २२ करोड ४५ लाख २७ हजार ६६७ रूपैयाँ जरिवाना फैसला भएको थियो ।

उनीहरुलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा पेश गरिएको प्रहरीले  जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?