एनसेलको लाभकर सम्बन्धी मुद्दाको पेशी स्थगित सूचीमा, अर्को पेसी फागुन १५ गते

लोकपथ
49
Shares

काठमाडौं । एनसेलको लाभकर सम्बन्धी मुद्दाको मंगलबार हुने भनिएको सुनुवाइ स्थगित सूचीमा परेको छ ।

एनसेलले दायर गरेको रिटको सुनुवाइका लागि आज पेशी तोकिएपनि सर्वोच्च अदालत प्रशासनले स्थगित सूचीमा राखेको हो । अब उक्त मुद्दाको अर्को पेशी फागुन १५ गतेलाई तोकिएको छ ।

एनसेलले लाभकर निर्धारणमा अन्याय भएको भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेको हो ।

यसअघि ठूला करदाता कार्यालयले सेयर खरिद गर्दा लाभकर छलेको भन्दै ५७ अर्ब लाभकर निर्धारण गरेको थियो । २०७७ मा सर्वोच्च अदालतमा दायर भएको रिटको फैसला हुन बाँकी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?