काठमाडौं । नेकपा एसले आगामी जेठ ३ देखि ७ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको छ।
आज बसेको पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिएका छन् ।
त्यसअघि मंसिर २८ र २९ सचिवालय बैठक, पुस ९ स्थायी कमिटी, १० गते पोलिटव्युरो ११ र १२ केन्द्रीय कमिटी बैठक बस्ने निर्णय भएको खतिवडाले जानकारी दिए ।
महाधिवेशन काठमाडौंमा गरिने र राष्ट्रिय महाधिवेशनका लागि दस्तावेज मस्यौदाका निम्ति अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा २७ जनाको समिति निर्माण गरिएको उनले बताए ।
आजको बैठकमा अन्तरपार्टी निर्देशनमा नेताहरूको जिम्मेवारी हेरफेर, र कार्यविभाजन गर्नेदेखि विभिन्न कमिटीमा प्रतिनिधि मनोनयनलगायत आन्तरिक विवाद समाधानबारे पनि छलफल गरेको छ ।
यसअघि सोमबार बसेको बैठकले राष्ट्रिय सभाको निर्वाचनमा सहभागि हुने निर्णय गर्दै निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया