नेपाल बैंक र एक्सिम बैंक अफ इण्डियाबीच आयात निर्यात व्यापार सम्झौता

लोकपथ
39
Shares

काठमाडौं । नेपाल बैंक लिमिटेडले एक्जिम बैंक अफ इण्डियासंग आयात निर्यात व्यापार सम्वन्धि सम्झौता गरेको छ ।

बैंकले वित्तिय व्यापार क्षमता अभिवृद्धि गर्ने हेतुले टे«ड एसिस्सटेन्स प्र्रोग्राम (टिएपी) अन्तर्गत सम्झौता गरेको हो ।

नेपाल बैंक भारतसँगको आयात कारोबारमा सहयोग गर्ने एक्जिम बैंकको साझेदार हुने पहिलो सरकारी बैंक पनि हो ।

नेपाल बैंकको वित्तीय व्यवस्थापन, सुशासन, जोखिम र अनुपालन र दुई देशबीचको चलिरहेको व्यापार कारोबारका विषयमा दुवै बैंकका वरिष्ठ व्यवस्थापनसँगको व्यापक छलफलपछि हस्ताक्षर भएको हो ।

दुई संस्थाहरू बीच नोभेम्वर ७ मा भएको हस्ताक्षर कार्यक्रममा बैैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत समता पन्तले भनिन, “हामी एक्जिम बैंक अफ इण्डियासंग व्यापारिक सम्झौता गर्न पाउँदाखुसी छौं र आगामिदिनमा सम्भावित व्यापारिक क्षेत्रको अध्ययन र पहिचान गरी एक्जिम बैंकसंगको सहकार्यमा हामी हाम्रा ग्राहकहरूको व्यापारिक गतिविधिहरूलाई टेवापुग्ने गरि कार्य गर्ने योजनामा छौं ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?