काठमाडौं । चक्रव्यूह नेपालको फ्रम जिन्स टु ड्रिम्स:अप्साइक्लिङ्ग फर एजुकेशनू परियोजनाले काठमाडौं विश्वविद्यालयमा सामुदायिक संलग्नता कार्यक्रम गरेको छ ।
चक्रव्यूह नेपाल समग्र गुणस्तरीय शिक्षा प्रदान गर्न समर्पित गैर-लाभकारी संस्था हो। यस परियोजनामार्फत संस्थाले दक्षिणी ललितपुरका विपन्न विद्यार्थीहरूको शिक्षामा सहयोग गर्दै पुरानो जिन्सलाई टिकाउ स्कुल ब्यागमा रूपान्तरण गर्ने लक्ष्य राखेको छ।
चक्रव्यूह नेपालले यसको रुपान्तरण साझेदार “न्हु: डिजाइनस” (Nhu Designs) सँग देनिमलाई कार्यात्मक र वातावरणमैत्री स्कुल ब्यागमा पुन: प्रयोग गरेर दिगो प्रभाव सिर्जना गर्ने योजना बनाएको छ । साथै व्यक्तिहरुबाट पुरानो जिन्स संकलन गर्दा सामुदायिक संलग्नता प्रवर्द्धन गर्न र विद्यार्थीहरूलाई यस कार्यमा प्रोत्साहन गर्न काठमाडौं विश्व विद्यालयको हल्ट प्राइजसँगको सहकार्यमा काठमाडौं विश्वविद्यालयमा अन्तर-स्तरीय प्रतियोगिता आयोजना गरेको छ।
सातवटा विद्यालय र काठमाडौं विश्वबिद्यालयका ३० भन्दा बढी विभागमा फैलिएको यस प्रतियोगिताले बिद्यार्थीहरुलाई पुरानो जिन्स उपदान गर्न उत्प्रेरित गर्ने संस्थाको दाबी छ ।
सानो प्रयासले रुपान्तरणको बारेमा चेतना जगाउने मात्र होइन, युवाहरूको माझ सामाजिक उत्तरदायित्वको भावना पनि बढाउने चक्रव्यूह नेपालको बिश्वास रहेको छ ।
चक्रव्यूह नेपालको संस्थापक तथा व्यवस्थापक समेक पलिखेलको नयाँ सोच फ्रम जिन्स टु ड्रिम्स स्अप्साइक्लिङ्ग फर एजुकेशनू र अरु पहलहरूबाट बिगत ३ वर्ष देखि पर्यावरण मैत्री पहलहरुलाई प्रवर्द्धन गर्दै पिछडिएका विद्यार्थीहरुलाई सहयोग गरेको छ ।
चक्रव्यूह नेपालले गुणस्तरीय शिक्षा, जिम्मेवार उपभोग, असमानतामा कमी, जलवायु कार्य, लक्ष्य प्राप्तिका लागि साझेदारी र गरिबी न्यूनीकरण जस्तो मुद्दाहरुलाई सम्बोधन गर्दै ६ दिगो बिकास लक्ष्यहरु (SDGs)संग मिलाउने प्रयास गरेको छ।
चक्रव्यूह नेपाल र यसका काठमाडौं विश्वविद्यालय विश्वविद्यालयमा अन्तर-स्तरीय प्रतियोगिता आयोजनाका उपहार साझेदारहरुस् दिगो नेपाल (Deego Nepal), नेपाल नट्क्राफ्ट सेन्टर (Nepal Knotcraft Centre)र ए.बि.आइ.आर (ABiR)बाट सबैभन्दा बढी दान गरिएको जिन्सको आधारमा निर्धारण गरिएको प्रतियोगिताको विजेताहरुलाई चक्रव्यूह नेपालको तर्फबाट ६०,हजार बराबरको पुरस्कारबाट सम्मानित गरिने संस्थाको भनाइ छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया