पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

लोकपथ
2.3k
Shares

काठमाडौं । पोर्चुगल पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर–८ बस्ने बाराको निजगढकी ४३ वर्षीया सुष्माकुमारी खड्का छिन् ।

खड्काले राजु शाहीलाई वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाइदिन्छु र त्यसको लागि ११ लाख लाग्छ भनेर ७ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भई ठगी गरेको उजुरी आएको प्रहरीले जनाएको छ ।

उनलाई प्रहरीले बानेश्वरबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीका लागि ताहाचलस्थित वैदेशिक रोजगार विभाग पठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?