नेकपा एकीकृत समाजवादीले राष्ट्रिय सभाको निर्वाचनमा भाग लिने

लोकपथ
294
Shares

काठमाडौं । नेकपा एकीकृत समावादीले राष्ट्रिय सभाको आसन्न निर्वाचनमा भाग लिने संकेत गरेको छ । यसका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको छ ।

केन्द्रीय सचिवालय बैठकले सोमबार उक्त निर्णय गरेको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले बताए । उनले भने, ‘राष्ट्रिय सभाको निर्वाचनका लागि नेकपा एकीकृत समाजवादीले  निर्वाचन आयोगमा दल दर्ता गर्छ । बैठकमा यही निर्णय गरेका छाैं ।’

यस्तै, पार्टीको राष्ट्रिय महाधिवेशनलगायत अन्य विषयहरुमा मंगलबार ११ बजे पुनः बैठक बसेर निर्णय लिने पनि उनले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?