काठमाडौं । पोर्चुगल पठाईदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर–८ बस्ने बाराको निजगढकी ४३ वर्षीया सुष्माकुमारी खड्का छिन् ।
खड्काले राजु शाहीलाई वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाइदिन्छु र त्यसको लागि ११ लाख लाग्छ भनेर ७ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भई ठगी गरेको उजुरी आएको प्रहरीले जनाएको छ ।
उनलाई प्रहरीले बानेश्वरबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीका लागि ताहाचलस्थित वैदेशिक रोजगार विभाग पठाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया