हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु

लोकपथ
140
Shares

विराटनगर । मोरङको बेलबारीमा हात्तीको आक्रमणमा परी एकजनाको मृत्यु भएको छ । बेलबारी नगरपालिका–१० भाउन्ने भन्ने स्थानमा जंगली हात्तीको आक्रमणमा परी मोरङकै लेटाङ–३ का ५३ वर्षीय कमल माझीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीय सिर्जना सामुदायिक वन क्षेत्रमा साइकलमा यात्रा गरिरहेका उनलार्य हात्तीले आक्रमण गरेको थियो ।घरबाट लक्ष्मीमार्ग बजारतिर जाने क्रममा उनीमाथि हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

केही दिनयता मोरङ, सुनसरी र झापाका विभिन्न स्थानमा जंगली हात्तीले उपद्रो गरिरहेका छन् ।गत सातायता यसअघि ती तीन जिल्लामा हात्तीको आक्रमणमा परी तीजनाले ज्यान गुमाइसकेका छन् ।

जंगली हात्ती वस्ती प्रवेश गरी स्थानीय बासिन्दाको घर भत्काउने र बालीनाली एवं घरमा भएका अन्न खाइदिने गरिरहेका छन् ।कतिपय गाउँमा हात्ती धपाउन स्थानीय बासिन्दाले रात्रि गस्ती पनि गरिरहेका छन् । हात्ती धपाउने क्रममा चार दिनअघि सुनसरीको इटहरीमा हात्तीको आक्रमणमा परी एकजना युवकको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?