काठमाडौं । गत कार्तिक २५ गते सार्वजनिक भएको दराज ११.११ सेलमा लाखौं ग्राहकहरुले करोडौंको छुट पाएका छन् ।
वाणिज्यद्वारा नेपाली समुदायहरुलाई उत्थान गर्ने उद्देश्यले सुरु भएको यो वर्षको ११.११ सेलमा ५० लाख ग्राहकहरुले दराजबाट सामान खरिद गरेका छन् ।
यो तथ्याङ्कले नेपालीहरुको डिजिटल प्लेटफर्म प्रति बढ्दो विश्वास र ईकमर्स मोह देखाउँछ । बिक्रेताहरूको अनलाइन व्यवसाय बढाउन मद्दत गर्ने उद्देश्यले विभिन्न ब्राण्ड तथा क्रेताहरुलाई प्रशिक्षण प्रदान गरेर सफलतापूर्वक १९,००० बिक्रेताहरुको संजाल निर्माण गर्न सफल दरजले इ–कमर्सलाई पहुँचयोग्य बनाउन र स्थानीय समुदायहरूलाई उत्कृष्ट मूल्यमा विविध सामानहरु प्रदान गरेर उनीहरूको जीवनको गुणस्तर सुधार्न सफल भएको छ ।
११.११ सेलमा तेल, घिउ जस्ता रासनका सामानहरु अत्याधिक बिक्रि गरेको दराज, दैनिक आवश्यक्ताका सामानहरुको गन्तव्य बनेको देखिन्छ ।
दराजले राजधानी बाहिरका बिक्रेताहरुलाई पनि समान अवसर प्रदान उद्देश्यले देशका १०८ स्थानहरुबाट सेवा प्रवाह गर्ने गरेको छ । जसले गर्दा सेलको अवधिमा काठमाडौं उपत्यका बाहिरका खरिदकर्ताहरुको संख्यामा छ सय प्रतिशतको भारी बृद्धि देखिएको छ ।
सेल सुरु भएको १९ मिनेटमै दराजले पहिलो पाँच सय अर्डर प्रप्त गर्न सफल भएको थियो, साथै सामान्य समयको तुलनामा ११.११ सेलमा दराजको बिक्रि ४६ प्रतिशतको बृद्धि पनि देखिएको थियो ।
११.११ सेलको सफलता बारेमा चर्चा गर्दै दराजका प्रवन्धक निर्देशक आँचल कुँवर भन्छिन “यो चुनौतीपूर्ण समयमा हामी हाम्रा ग्राहकहरुको लागि उत्कृष्ट मूल्यमा सर्वोउत्कृष्ट सामान उपलब्ध गराउँनमा प्रतिवद्ध छौं । र हाम्रो यहि उद्देश्यले गर्दा नै हाम्रो ११.११ सेलले यो सफलता प्राप्त गर्न सफल भएको छ । यो सफलतामा ग्राहकहरुको साथ साथै धेरै साझेदार ब्राण्ड तथा बिक्रेताहरुको हात छ । नयाँ बिक्रेताहरुले हामीलाई विश्वास गरेर दराजमा सामान राख्नुभएको देखेर हामी निकै हर्षित छौं । सम्पूर्ण दराजकर्मीहरुको तर्फबाट हाम्रा सुभचिन्तक, ग्राहक तथा साझेदारहरुलाई धन्यवाद व्यक्त गर्न चाहन्छु । ”
सेलमा खटिएका आठ सय भन्दा धेरै डेलिभरी कर्मचारीहरुको काम आफैमा प्रशंसनीय छ । दराजले सेलमा काठमाडौं देखि महेन्द्रनगर सम्म करिब पाँच सय २२ किलोमिटरको सबै भन्दा लामो यात्रा तय गरेर सामान डेलिभरी गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया