सजिलो ब्रोकर लिमिटेडको कारोबार शुभारम्भ

लोकपथ
65
Shares

ललितपुर । ललितपुरस्थित झम्सिखेलमा प्रधान कार्यालय रहेको सजिलो ब्रोकर लिमिटेड (ब्रोकर नम्बरः ९०) को कारोबार शुभारम्भ भएको छ ।

कम्पनीले यही सोमबारबाट विधिबत् रुपमा कारोबार सुरु गरेको हो ।

पाँच जना कन्याहरुले सजिलो ब्रोकरमा टिएमएस खाता र डिपी खाता खोली आआफ्नो नाममा शेयर खरिद गरी कारोबार सुरुवात गरीएको थियो । जसमध्ये पहिलो कारोबार पाटनकी जीवीत देवी (कुमारी) निहिरा बज्राचार्यको नामबाट भएको छ । निहिरा बज्राचार्यको नाममा किनिएको कुमारी बैङ्कको शेयर खरिद गरी सामाजिक उत्तरदायित्व अन्र्तगत भेटी स्वरुप चढाईएको छ ।

कारोबार सुरु गर्ने अन्य कुमारी हरुमा सेयरीका श्रेष्ठ, विधि महर्जन, समय महर्जन र सभ्यता पोख्रेल रहेका छन् । खुला अर्थनीति र पुँजी बजारको चरित्रका आधारमा ब्रोकर लाइसेन्स सबैको लागि खुला राख्ने नीति अनुसार नेपाल धितोपत्र बोर्डले ब्रोकर लाइसेन्स खुला गरेको थियो । यहि क्रममा सजिलो ब्रोकर पनि सञ्चालनमा आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?