काठमाडौं । छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१६ पानीस्वारामा मधेश प्रदेश ०३–००१ त ६९८७ नम्बरको ट्याक्टर अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेहरूमा ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ५६ वर्षीय जित बहादुर थिङ र ट्याक्टरका चालक बारा निजगंढ नगरपालिका–१३ बस्ने २६ वर्षीय डिलम थिङ रहेका छन् ।
त्यसैगरी ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–८ छेबुकमा प्र.१–०१–००१ ज ३४३७ नम्बरको बोलेरो गाडी अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा गाडी चालक फुङलिङ नगरपालिका घर भएका ३० वर्षीय निसान लिम्बुको मृत्यु भएको हो । बिग्रिएको गाडी धकेल्ने क्रममा गाडीले थिच्दा उनको मृत्यु भएको हो ।
झापाको मेचिनगर नगरपालिका–१३ स्थित सडकमा प्रदेश १–०३–००१ प २६५३ नम्बर र प्रदेश १–०१–०१६ प ७६४९ नम्बरका २ वटा मोटरसाइकल पुलमा ठोक्किएर आइतबार राति दुर्घटना हुँदा प्रदेश १–०१–०१६ प ७६४९ नम्बरको मोटरसाइकल चालक झापा गाउँपालिका–३ बस्ने २० वर्षीय मनिस बासकोटाको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
घाइते भएका सोही मोटरसाइकलमा सवार १ जनाको मनकामना अस्पताल चारआलीमा उपचार भइरहेको छ भने प्रदेश १–०३–००१ प २६५३ नम्बरको मोटरसाइकल चालकलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाइएको छ ।
पाल्पाको रैनादेवी छहरा गाउँपालिका–२ स्थित सीजी कम्पनीको कम्पाउण्डभित्र लु.१ क ३१६१ नम्बरको टिपर आइतबार राति दुर्घटना हुँदा रिब्दिकोट गाउँपालिका–१ ख्या बस्ने २४ वर्षीय शिर बहादुर पालुङ्गेको मृत्यु भएको छ ।
माटो सार्ने क्रममा भएको दुर्घटनामा परी गम्भीर घाइते भएका उनको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार टिपर चालकको खोजी गरिरहेको प्रहरीले जनाएकोछ ।
दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया