ललितपुरमा २४ लाख बराबरको सुन तथा चाँदीका गहना चोरी

लोकपथ
119
Shares

काठमाडौं । ललितपुरमा २४ लाख बराबरको सुन तथा चाँदीका गहना चोरी भएको छ ।

ललितपुर महानगरपालिका–२ सानेपा डेरा गरी बस्ने खोटाङ घर भएकी ३४ वर्षीय सुप्रिया राइको कोठाबाट करिब २४ लाख १६ हजार रूपैयाँ मूल्य बराबरको सुन तथा चाँदीका गहना आइतबार बिहान चोरी भएको हो ।

रमा कोही नभएको अवस्थामा मूल गेटको ढोका फोडी करिब २० तोला सुनका गहना र ६३ तोला चाँदीका गहना गरी उक्त रूपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?