काठमाडौं । चितवनबाट जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
भरतपुर महानगरपालिका–७ प्रेमबस्ती बस्ने गुन बहादुर मगरको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३५ वर्षीय मेघ बहादुर मगर समेत ६ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गीतानगरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४० हजार १ सय ५५ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया