राष्ट्र बैंकले मंगलबार सात अर्ब रुपैयाँको विकास ऋणपत्र जारी गर्ने

लोकपथ
78
Shares

काठमाडौं । भोलि मंगलबार अर्थात यही मंसिर १९ गते नेपाल राष्ट्र बैंकले पुन सात अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । सो दिन आठ बर्षे अवधिको विकास ऋणपत्र २०८८“च” (८ वर्षे) बोल कबोलको माध्यमद्धारा बिक्री गर्न लागिएको राष्ट्र बैंकको भनाई छ ।

ऋणपत्र खरिदको लागि बैक तथा वित्तीय संस्था, गैर—बैक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले सो दिन अपरान्ह दुई बजेसम्म आवेदन सक्ने छन् । निष्काशन मिती २०८० मंसिर २० गते तोकिएको ऋणपत्रको सावाँ भुक्तानी मिती २०८८ मंसिर २० गते तोकिएको छ ।

खरिद गरिएको ऋणपत्र धितो राखेर कर्जा लिन र दिन समेत पाईने सुविधा रहेको ऋणपत्रमा अर्धबार्षिकरुपमा व्याज भुक्तानी हुुने र आर्जित व्याजदरमा व्याजकर समेत लाग्ने छ । इच्छुक खरीदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीरुपमा सहभागी हुनसक्ने छन् । बिक्री गरिने कुुल ऋणपत्र मध्येमा प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलार्ई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् पाँच अर्ब ९५ करोड र एक अर्ब पाँच करोड रुपैंयाँ छुट्ट्याइएको छ ।

अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमको लागि पूरा बोलप्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिने छ । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्ट्याइएको रकम भन्दा बढी रकमको बोलप्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिकरुपमा उक्त ऋणपत्रको रकम बाँडफाँड गरिने राष्ट्र बैंकको भनाई छ ।

राष्ट्र बैंकका अनुुसार खरीद गर्न पाउने सीमा घटीमा ५० हजार र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्म तोकिएको छ । ऋणपत्र खरीदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रिया अन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रुपमा मात्र भाग लिन सक्नेछन् ।

यि बाहेकका बाँणिज्य बैंक, बिकास बंैक र फाईनान्स कम्पनीहरुले भने अप्रतिस्पर्र्धीको रुपमा भाग लिन नपाउने राष्ट्र बैंकको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?