प्रधानमन्त्री दाहाल स्वदेश फिर्ता

लोकपथ
182
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार स्वदेश फिर्ता भएका छन् । संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–२८) मा सहभागी हुन दुबई गएका प्रधानमन्त्री आइतबार स्वदेश फिर्ता भएका हुन् ।

उनी गत मंसिर १३ गते सम्मेलनमा भाग लिन दुबई गएका थिए । दाहालले शनिबार कोप–२८ मा सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण हिमालय क्षेत्र बढी जोखिममा रहेको बताएका थिए ।

उनले नेपाली जनता जलवायु परिवर्तनमा न्यून योगदान भएर पनि बढी समस्या भोग्नुपरेको भन्दै यसको अन्त्य हुनुपर्ने धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?