काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा धरौटी बुझाए पनि तीन आरोपी रिहा भएका छैनन् ।
उच्च अदालतले धरौटीमा छाड्न आदेश दिएपनि उनीहरु आज आइतबार रिहा भएनन् ।
केन्द्रीय कारागारमा रहेका हरिभक्त महर्जन, शमशेर मियाँ र नरेन्द्र केसीलाई गत शुक्रबार उच्च अदालत पाटनले धरौटीमा छाड्न आदेश दिएको थियो । तर उनीहरुमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि अनुसन्धान गरिरहेका कारण उनीहरु रिहा भएनन् ।
अदालतको आदेश अनुसार महर्जनले १५ लाख, मियाँ र केसीले १०/१० लाख रुपैयाँ धरौटी पनि बुझाएका थिए ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएका मध्ये ९ जनालाई उच्च अदालतले थुनामा नराख्न आदेश दिएको छ ।
त्यस्तै बालकृष्ण खाँणको हकमा भने दुई न्यायाधीशको राय बाझिएकाले तेस्रो न्यायाधीशको इजलासमा पुनः सुनुवाइ हुने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया