विवेकशील साझाको सरकारसँग अपिलः ‘आवश्यक नीतिगत तथा प्राविधिक पहल गरौं’

काठमाडौं । विवेकशील साझा पार्टीले आईतवार साँझ आएको भिषण हावा हुरीले बारा र पर्सा जिल्लामा भएको धेरै नागरिकहरुको अकल्पनीय मृत्युप्रति गहिरो दुस्ख ब्यक्त गर्दै घटनामा मृत्यु हुने सबै नागरिकमा भावपूर्ण श्रद्दान्जलीका साथै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ । 

सोमवार प्रेस विज्ञप्ति जारी गर्दै श्रद्दान्जली तथा सहयोगको अपील गरेको हो । 

साथै उक्त भिषण हावाहुरीमा परी घाईते भएकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै उद्दार तथा उपचारमा कुनै कसर नराख्न सरकारसंग विवेकशील साझाले आग्रह समेत गरेको छ । 

विज्ञप्तिमा लेखिएको छ, "यस्तो अवस्थामा घाईतेहरुलाई तत्काल उद्दार तथा रगतको अत्यन्त आवश्यकता पर्ने हुँदा त्यस क्षेत्रका हाम्रा सदस्य, शुभचिन्तक लगायत सबै सहृदयी नागरिकहरुबाट अविलम्ब रक्तदान गरी जीवनदान गरिदिनुहुन हार्दिक अपील गर्दछौँ।यस्ता स(साना प्राकृतिक प्रकोपमा पनि यति ठूलो धनजनको क्षति हुनुमा हाम्रा भौतिक संरचना निर्माणमा भएका गम्भिर त्रुटीहरु तथा प्राकृतिक प्रकोपको पूर्वानुमान र सतर्कताका लागि गरिएका प्रयासहरु प्रभावकारी हुन नसक्नु नै हो।"

विवेकशील साझा पार्टीको स्थानीय टोली सहयोगमा जुटिसकेको र काठमाडौं र चितवनबाट पनि सहयोगी टोलीहरु गएकाले सहयोग र जानकारीका लागि राज हुमागाईलाई ९८५१२३००१२ नम्बरमा सम्पर्क गर्न सकिने विज्ञप्तिमा उल्लेख छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?