काठमाडौं । बारा र पर्सा जिल्लाका विभिन्न स्थानहरुमा आइतवार सॉझ आएको हावाहुरीमा परि मृत्यु भएकाहरु प्रति पूर्वप्रधानमन्त्री एवम नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गहिरो दुःख व्यक्त गरेका छन् ।
आज सोमवार प्रेस विज्ञप्ति मार्फत प्रचण्डले दुःख व्यक्त गरेका हुन् ।
साथै प्रचण्डले सामाजिक सञ्जाल ट्विटर र फेसबसमा लेखेका छन्, "ठूलो मात्रामा धनजनको क्षति हुने गरी भएको सो घटनामा परी निधन हुनुभएकाहरुमा शोक व्यक्त गर्दै शोकाकुल परिवारहरुमा हार्दिक समवेदना प्रकट गर्दछु ।"
मृतक परिवार तथा हावाहुरीबाट घरबार बिहिन परिवारहरुमा उचित क्षतिपूर्ति र घाइतेहरुको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न सम्बन्धित सबैमा आग्रह समेत अध्यक्ष प्रचण्डले गरेका छन् ।
आँधी हुरीले बारा र पर्सामा गरी ३१ जनाको ज्यान गइसकेको छ भने ४ सयभन्दा बढी व्यक्ति घाइते भएका छन् । घाइतेहरुको अहिले बारा र पर्साका विभिन्न अस्पतालहरुमा उपचार भइहरको जनाइएको छ ।
यसैबिच, प्रधानमन्त्री केपी शर्मा ओली आँधी प्रभावित जिल्ला बारा र पर्सा जाने भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया