कास्की । पत्रकार महासंघ कास्कीका निवर्तमान उपाध्यक्ष राजेन्द्र अधिकारीलाई प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा समूहले पक्राउ गरेको प्रति पत्रकार महासंघ कास्कीले खेद व्यक्त गरेको छ ।
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष त्रिभुवन पौडेलले ‘विप्लव समूहले पोखरामा प्रधानमन्त्रीको पुत्ला दहन गरेको कार्यक्रमको रिपोर्टिङ गर्न जाने क्रममा पोखराबाट पत्रकार महासंघ कास्कीका निवर्तमान उपाध्यक्ष राजेन्द्र अधिकारीलाई पक्राउ गरेको घटनाप्रति खेद व्यक्त गर्दछु ।’ जारी विज्ञप्तिमा उल्लेख गरेका छन् ।
साथै अध्यक्ष पौडेलले रिपोर्टिंग गर्न जाने पत्रकारलाई पक्राउ गर्ने गैरकानूनी बन्द गरी राजेन्द्रलाई तुरुन्त रिहा गर्न माग गरेको छ ।
प्रदेशका गृहमन्त्री हरिबहादुर चुमान, प्रदेश प्रहरी प्रमुख डीआईजी दानसिंह बोहरासहित कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढालाई यस विषयमा ध्यानाकर्षण गराएर अधिकारीको रिहाइको लागि माग गरिएको जानकारी गराएको अध्यक्ष पौडेलले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया