महानगरका अपाङ्ग व्यक्तिलाई सम्पदा क्षेत्र घुमाएर मनाईयो अपाङ्गता दिवस

लोकपथ
0
Shares

काठमाडौं । ललितपुर महानगरपालिकाले शहरभित्रका अपाङ्ग व्यक्तिलाई नगरका सबैभन्दा सुन्दर स्थानहरुको अवलोकन गराएर ३६औँ अपाङ्गता दिवस मनाएको छ ।

महानगरलाई अपाङ्गता मैत्री बनाउन कानूनी तथा व्यवहारीक रुपमा उपलब्ध गराएको अधिकारहरुको कार्यान्वयन गर्न गराउन प्रतिबद्ध रहेको नगरप्रमुख चिरिबाबु श्रेष्ठले बताए ।

आज ३६ औँ अपाङ्गता दिवस विभिन्न कार्यक्रमको आयोजना गरी आइतबार मनाइएको छ । ललितपुरको पाटन दरबार स्वायर क्षेत्रभित्र आयोजित कार्यक्रममा नगरप्रमुख चिरिबाबु मर्हजनले महानगरले हरेक वर्ष नयाँ कार्यक्रम आयोजना गर्न रुचाउने उल्लेख गरे ।

‘ललितपुर महानगर प्रत्येक वर्ष नौलो र नविन कार्यक्रम गर्न रुचाउँछ । यो वर्ष हामीले महानगरभित्र रहेका विश्व सम्पदा सूचीमा सूचिकृत निकै राम्रा सम्पदाहरुको हाम्रा अपाङ्गता भएका साथिहरु र भाईबहिनीलाई आज अवलोकन गराउने उद्देश्य राखेका छौं, नगरप्रमुख चिरिबाबु मर्हजनले भने ।

महानगरले सुन्दरीचोकबाट दृश्याअवलोकन गराउँन सुरु गरेर मूलचोक, गोल्डेन टेम्पल, केशव नारायण चोकलगायत दरबार स्वायर क्षेत्रको भ्रमण दिनभरी गराउने जनाएको छ ।

कार्यक्रममा नगर उपप्रमुख मञ्जली शाक्य मर्हजनले अपाङ्गता भएका व्यक्तिहरुलाई हरदम महानगरपािलकाले साथ दिने हिसावले कार्ययोजना बनाउन लागेको बताईन् ।

शाक्यले अपाङ्गता भएका नागरीकलाई शारिरीक रुपमा सामान्य नागरिक भन्दा केही दुर्वल भएपनि त्यसलाई आफ्नो अक्षमताको रुपमा नलिएर मानसिक रुपमा सवल भएर देखाउन अनुरोध पनि गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?