भरूवा बन्दुकसहित एकजना पक्राउ

लोकपथ
49
Shares

काठमाडौं । भरुवा बन्दुकसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

कैलालीको चुरे गाउँपालिका–३ सल्लेरीबाट १ थान भरूवा बन्दुकसहित सोही ठाउँ ससुराली बस्दै आएका बझाङ केदारसिउ गाउँपालिका–६ घर भएका ३७ वर्षीय बिर बहादुर धामीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

धामीले भरुवा बन्दुक लुकाई राखेको भन्ने सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय फल्टुडेबा खटिएको प्रहरीले तलासी गर्ने क्रममा उक्त बन्दुकसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेका प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?