रणवीरको एनिमलले बक्स अफिसमा मच्चायो धमाका, बबी देओलका रसाए आँखा

लोकपथ
175
Shares

काठमाडौं । बलिउड सुपरस्टार रणवीर कपुर यतिबेला आफ्नो फिल्म एनिमललाई लिएर चर्चामा छन् । सन्दीप रेड्डी वाङ्गा निर्देशित यो फिल्म डिसेम्बर १ देखि रिलिज भएको हो । चलचित्रले दर्शकबाट निकै प्रशंसा पाइरहेको छ भने फिल्मको सबैले तारिफ गरिरहेका छन् । अभिनेता बबी देओलले एनिमलमा खलनायकको भूमिका निर्वाह गरेका छन् । फिल्ममा उनको लुक्स र दमदार अभिनयको निकै तारिफ भइरहेको छ ।

एनिमलले पाएको अपार सफलताका कारण लामो समयपछि यो स्तरको माया, समर्थन र सफलताको अनुभव गरेपछि बबी देओल भावुक बनेका छन् ।चलचित्रले दर्शक र समीक्षकबाट पाएको प्रशंसाका कारण उनी भावुक बनेका हुन् ।फिल्ममा उनको खतरनाक लुक्स देखेर सबै पागल बनेका छन् । एनिमलमा बबी देओलको शारिरीक परिवर्तनले सबैलाई चकित बनाएको छ ।

बबी देओलले आफ्नो करियरमा धेरै हिट फिल्म दिए तर एक समय उनले अभिनय गरेका फिल्महरु खासै चलेनन् । तर हालैका वर्षहरूमा उनले आफ्नो करियरलाई ध्यानमा राखेर केही अर्थपूर्ण भूमिकाहरूसँग आफूलाई पुन: स्थापित गर्न कडा मेहनत गरेका छन्। एनीमल उनको करियरको लागि टर्निङ प्वाइन्ट जस्तो भएको छ। उक्त फिल्मले बक्स अफिसमा धमाका मच्चाइरहेको छ ।

फिल्म एनिमलमा रणवीर कपूरसँग रश्मिका मन्डन्ना महत्त्वपूर्ण भूमिकामा देखिएकी छिन् । यो फिल्ममा रणवीर र रश्मिकाको जोडी पहिलो पटक देखिएका हुन् । फिल्ममा बबी देओल, अनिल कपुर र तृप्ति डिमरीको पनि मूख्य भूमिका छ । यो फिल्म बाबु छोराको सम्बन्धको बारेमा आधारित छ । फिल्मले रिलिज यता बक्स अफिसमा धेरै रेकर्ड तोडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?