आफ्नै बुवाको हत्या गरेको अभियोगमा एकजना पक्राउ

लोकपथ
0
Shares

काठमाडौं । आफ्नै बुवाको हत्या गरेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

आफ्नै बुवा ६० वर्षीय होम बहादुर दराईको हत्या गरेको अभियोगमामध्यविन्दु नगरपालिका–१० टाँडी बस्ने ३५ वर्षीय रुपेश दराईलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

रूपेशले कुचोको डाँठले हिर्काउँदा गम्भीर घाईते भएका होम बहादुरको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको हो । गोप्य सुचनाको आधारमा प्रहरी चौकी अरूणखालाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?